पूर्वपरराष्ट्रमन्त्री पाण्डेलगायत २१ जना राजदूत नियुक्त

पूर्वपरराष्ट्रमन्त्री पाण्डेलगायत २१ जना राजदूत नियुक्त


परराष्ट्र मन्त्रालय
पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सरकारले चीनका लागि राजदूत नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमन्त्री पाण्डेलगायत विभिन्न राजनीतिक दलका नेता र कर्मचारीसहित एक्काइस जनालाई राजदूत सिफारिस गरेको हो । एमालेभित्रक आफ्नो अलग र प्रभावकारी उपस्थिति दर्शाउन सफल नेता एवम् स्वयम् परराष्ट्रमन्त्री रहेका पाण्डे अब कमल थापाको निर्देशनमा मुलुकको लागि सेवा गर्ने भूमिकामा रहने छन् ।

मन्त्रीपरिषद्को निर्णयअनुसार परराष्ट्र मन्त्रालयका ८ कर्मचारी राजदूत बनेका छन् भने बाँकीमा राजनीतिक भागवण्डा भएको छ । बेलायतका लागि परराष्ट्रका दुवसु क्षेत्री, प्रकाश सुवेदी अष्ट्रिया, रमेश खनाल जर्मनी, झविन्द्र अर्याल इजिप्ट, सेवा लम्साल अधिकारी पाकिस्तान र लोकबहादुर थापा बेल्जियमका लागि राजदूत सिफारिस भएका छन् । परराष्ट्रकै ऋषि घिमिरे म्यानमार र तारा पोखरेल ब्राजिलका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।

यस्तै, दक्षिण कोरियाको लागि युवराज कार्की, श्रीलंकाको निम्ति नारद भारतद्धाज, इजरायलका लागि डा. शिवमाया तुम्वाहम्फे नेपाली राजदूतमा सिफारिस भएका छन् । उनीहरु एमालेसम्बद्ध हुन् ।

एमाओवादीको तर्फबाट लक्की शेर्पा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् भने पदम सुन्दासलाई बहराइन खटाइएको छ । राप्रपाका नेता पूर्वमन्त्री निरन्जन थापा रसियाका लागि राजदूत सिफारिस भएका छन् ।

सिफारिसमा परेका अन्य नाममा युवनाथ लम्साल डेनमार्क, डा. खडग केसी जापान, भरतबहादुर रायमाझी यूएई, महेन्द्र सिंह कतार, खगेन्द्र बस्नेत बंगलादेश र अलि अख्तर मिकरानी सउदी अरेवियाका लागि राजदूत सिफारिस भएका छन् ।

यसैबीच उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा उच्चस्तरीय हस्ताक्षर समारोहमा भाग लिन मंगलबार अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आगामी शुक्रबार (२२ अप्रिल) मा संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले सञ्चालन गर्न लाग्नुभएको एक विशेष कार्यक्रममा भाग लिन उनी त्यसतर्फ लागेका हुन् ।

ले जनाएअनुसार फ्रान्सको राजधानी पेरिसमा सन् १२ डिसेम्बर २०१५ मा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय रुपरेखा सम्मेलनले पेरिस सम्झौता ग्रहण गरेको थियो । उक्त समारोहमा उपप्रधान मन्त्री थापाले नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्नुका साथै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।