प्रेमिका बलात्कार गर्ने पक्राउ

प्रेमिका बलात्कार गर्ने पक्राउ


गत भदौमा ललितपुरस्थित फुपुको घर पुगेकी दोलखा घर भई राजधानीको कपनमा बस्दै आएकी एक युवतीलाई रातको समयमा सामूहिक रूपमा बलात्कार गरी फरार रहेका चार अभियुक्तलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । सुनाकोठीमा लाग्ने जात्रा हेरेर फुपुको घर सुत्न जाँदा पीडित युवतीकै प्रेमी राकेश मगर तथा उनका साथीहरू विशाल स्याङ्तान, अम्बर मगर, मिलन महर्जनले राती ११ बजेतिर ट्याक्सी चढाएर लैजाने भनी झुक्याएर सुनाकोठीको टुल्केभीर पुर्‍याई पालैपालो बलात्कार गरेका थिए । त्यसयता फरार रहेका बलात्कारी युवाहरू काठमाडौं सुनधारामा लुकी बसेको अवस्थामा फेलापरेका ललितपुर प्रहरी प्रवक्ता डिएसपी दयानिधि ज्ञवालीले जनाएका छन् ।

Reperist