एन्ट्यागका भ्रष्टलाई सूचना आयोगको पुर्जी

एन्ट्यागका भ्रष्टलाई सूचना आयोगको पुर्जी


काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) का कार्यकारी निर्देशक दीपक थापा र बोर्ड सदस्यहरु मोहन पन्थी र सागर सिंजापतिले कार्यालयमा सूचना माग्न पुगेका पत्रकारमाथि अभद्र व्यवहार गरी सूचना नदिएपछि उक्त विवाद राष्ट्रिय सूचना आयोग पुगेको छ । एन्ट्याग पदाधिकारीले बालबालिकाको पोषणसम्बन्धी लगायतका कार्यमा व्यापक आर्थिक अनियमितता गरेको सूचना पाएपछि यथार्थता बुझ्न पुगेका पत्रकार बालकृष्ण भट्टसहितका पत्रकारलाई दुव्र्यवहार गरी सूचना लुकाएका थिए । एन्ट्यागका पदाधिकारीले पत्रकारमाथि दुव्र्यवहार गरेपछि पत्रकार महासंघलगायतका विभिन्न संघसंगठनले उक्त कार्यको विरोध गर्दै दोषीमाथि तत्काल कारवाही गर्न सरकारसमक्ष माग गर्दै प्रेस विज्ञप्तिसमेत जारी गरेका थिए ।

युएसआइडीको सुआहारा आयोजनामार्फत् ४२ जिल्लामा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको एन्ट्यागका पदाधिकारीले बालबालिकाको पोषणका नाममा ब्रह्मलुट मच्चाउन थालेपछि संस्थाभित्रकै कर्मचारी विभिन्न सञ्चार माध्यम र सम्बन्धित निकायको ढोका घचघच्याउन पुगेका थिए । यसरी एन्ट्यागका निर्देशक दीपक थापासहितका पदाधिकारीले चरम् आर्थिक अनियमितता गरेको समाचार प्राप्त भएपछि यथार्थता बुझ्न पुगेका पत्रकारलाई सूचना नदिने र उल्टै दुव्र्यवहार गरी फर्काएपछि पत्रकार बालकृष्ण भट्टले राष्ट्रिय सुूचना आयोगमा एन्ट्याग पदाधिकारीविरुद्ध उजुरी दर्ता गराएका थिए । पत्रकार बालकृष्ण भट्टले सूचना आयोगमा उजुरी दर्ता गराएपछि सूचना आयोगले एन्ट्यागलाई सूचना उपलब्ध नगराउनुको कारणसहितको जवाफ सात दिनभित्र पठाउन निर्देशन दिएको छ । राष्ट्रिय सूचना आयोगले एन्ट्यागको निर्देशक दीपक थापासहितका पदाधिकारीका नाममा काटेको पुर्जीको पूर्णविवरण यसप्रकार रहेको छ– उपरोक्त सम्बन्धमा काठमाडौँ जिल्ला कामपा १ बस्ने बालकृष्ण भट्टले त्यस कार्यालयमा माग गर्नुभएको सूचनाको सम्बन्धमा के–कसो भएको हो ? निजले कुन–कुन मितिमा त्यस कार्यालयमा सूचना माग गरेको हो ? र पुनरावेदकले माग गरेको सूचनाहरु हालसम्म पनि पुनरावेदकलाई के–कति कारणले उपलब्ध गराइएन तथा सो पुनरावेदनको सम्बन्धमा के भइरहेको छ ? सोबारे सात दिनभित्र अनिवार्यरुपमा यस आयोगमा जानकारी पठाउनु हुन निर्देशानुसार अनुरोध छ । पुनरावेदकको पुनरावेदनको छायाँप्रति यसैसाथ संलग्न छ ।’
poorji
-राजेन्द्र चिमुरिया