संविधान र सत्ता दुवै वामपन्थीको

संविधान र सत्ता दुवै वामपन्थीको


Prachand-Oliकम्युनिस्ट पार्टी स्थापना भएको छैसट्टी वर्षपछि नेपालको संविधान र सत्तामा वामपन्थी वर्चश्व कायम भएको छ । गिरिजाप्रसाद कोइरालाले एमाओवादीलाई आवश्यकताभन्दा बढी ‘स्पेस’ दिएर सुरु गरेको वामपन्थीकरणलाई सुशील कोइरालाले उत्कर्षमा पु-याइदिएका छन् । ०६२/६३ को राजनीतिक परिवर्तनपश्चात् राष्ट्रप्रमुखको समेत भूमिका निर्वाह गरिरहेका तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदीय राजनीतिको प्रतिस्पर्धी दल नेकपा एमालेलाई होच्याउन एमाओवादीलाई संसद्को दोस्रो ठूलो दलको हैसियत दिलाएका थिए । त्यसबेला गिरिजाप्रसाद र कृष्ण सिटौलालगायतद्वारा उचालिएका एमाओवादी अन्ततः एमालेसँग सुदृढ गठबन्धन बनाएर मुलुकलाई वामपन्थीकरण गर्न सफल भएको छ र यसप्रकारको वातावरण बनाउन सुशील कोइरालाले निर्णायक ‘योगदान’ पु-याएका छन् । एमालेलाई कमजोर बनाउन गिरिजाप्रसादले प्रयोग गरेकै अस्त्र (एमाओवादी) लाई उपयोग गरी नेकपा एमाले सत्ताबाट काङ्गे्रसलाई विस्थापित गर्न ‘बाध्य’ भएको छ । यद्यपि केपी ओली काङ्ग्रेसलाई बढार्ने योजनामा थिएनन् र छैनन् । काङ्गे्रस सत्ताबाट विस्थापित हुँदा वामपन्थीहरू पूर्णतः हावी भएका छन् । सिङ्गै मुलुक वामपन्थी र गैरवामपन्थी धु्रवमा विभाजित हुन पुगेको छ । यसै प्रकरणबाट मुलुकमा दुईदलीय पद्धति ९त्धय एबचतथ कथकतझ० विकास हुने सङ्केतहरू पनि देखिएका छन् । वामपन्थी कित्तामा रहेको एमाओवादी एमालेतिर र गैरवामपन्थी कित्ताको मधेसकेन्द्रित धार काङ्गे्रसतर्फ उभिएपछि दुईदलीय प्रणालीको अभ्यास हुने प्रकारले राजनीतिक धु्रवीकरण भएको हो । यही स्थिति कायम रहे काङ्गे्रसले राष्ट्रपति, उपराष्ट्रपति र सभामुखजस्ता महत्वपूर्ण पदहरूसमेत गुमाउने निश्चित छ । यसबाट २००७ सालयताकै इतिहासमा काङ्गे्रस सर्वाधिक प्रतिकूल स्थितिमा पुगेको महसुस गरिएको छ । तथापि केपी ओली राज्य संयन्त्रको कुनै न कुनै महत्वपूर्ण जिम्मेवारी सुम्पने सोचाइमा रहेको बुझिँदै छ ।
असोज ३ गते घोषणा भएको संविधानका अन्तर्वस्तु केलाउँदा काङ्गे्रस त्यहाँ पनि पराजित भएको देखिन्छ । संविधानको प्रस्तावनामा एमाओवादीको सशस्त्र सङ्घर्षलाई महत्वका साथ स्थान दिइनु, समाजवादउन्मुख राजनीतिक तथा आर्थिक प्रणालीलाई स्वीकार गरिनु, टे«ड युनियनलाई संविधानमै लेखेर सामूहिक सौदाबादी ९ऋयििभअतष्यखभ द्यबचनबष्लष्लन० गर्ने अधिकार लिइनु, उद्योग व्यवस्थापनमा श्रमिकको सहभागिता प्रोत्साहन गर्ने संवैधानिक व्यवस्था हुनु र धर्मनिरपेक्षता तथा गणतन्त्रात्मक व्यवस्था अङ्गीकार गरी स्वतन्त्र नभई तीनखम्बे (सार्वजनिक, सहकारी र निजी) अर्थनीति अपनाइनुले संविधान पूर्णतः वामपन्थी चरित्रको बन्न पुगेको छ । काङ्गे्रसले विश्वमा प्रचलित संसदीय प्रजातान्त्रिक प्रणालीका आधारभूत विशेषतालाई समेत संविधानमा जस्ताको त्यस्तै समेट्न सकेन । वामपन्थी संविधान बनेको एक्काइस दिनमै सत्तासमेत पूर्णतः वामपन्थीको हातमा पुगेको छ । त्यसैले आगामी दिनमा काङ्गे्रसले कठिन चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसरी बीपी कोइरालाको विचार परित्याग गर्नुको परिणाम यतिबेला काङ्गे्रसलाई प्राप्त भएको छ । र, बीपीको विचार विस्थापित गर्न बीपीकै भाइहरू गिरिजाप्रसाद र सुशील कोइरालाले सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य पनि अब इतिहासमा अङ्कित भइसकेको छ ।
संविधान वामपन्थी चरित्रको बने पनि सत्तामा काङ्गे्रसको वर्चश्व रहने झिनो सम्भावना थियो । सुशील कोइराला आफूले त्यसअघि सार्वजनिक गरेको प्रतिबद्धताअनुरूप संविधान जारी भइसकेपछि पद त्याग गर्दै एमालेसँगको सहकार्यलाई निरन्तरता दिन तयार भएको भए या काङ्गे्रसका तर्फबाट नयाँ व्यक्तिलाई प्रधानमन्त्री बनाउन राजी भएको भए काङ्गे्रस यसरी सत्ताबाट पूर्ण रूपले बाहिरिनुपर्ने अवस्था नआउन सक्थ्यो । संविधान जारी भइसकेपछि आफूलाई बीपी कोइराला र गिरिजाप्रसादभन्दा महान् ठान्न थालेका सुशील कोइराला पार्टी र देशको सत्ता आफूमा केन्द्रित गर्न उद्यत् भएका कारण काङ्गे्रस यसरी रक्षात्मक स्थितिमा पुग्नुपरेको हो ।
प्राप्त जानकारीअनुसार सुशील कोइराला केपी ओली र शेरबहादुर देउवालाई आफूपछि प्रधानमन्त्री बनेको हेर्न चाहँदैनथे । तर, सिङ्गै देश सुशील कोइरालालाई पुनः प्रधानमन्त्रीका रूपमा हेर्न चाहँदैनथ्यो । यस्तो वास्तविकताका बीच ओली र देउवालाई छेक्न सुशील आफैँ प्रधानमन्त्रीको उम्मेदवार बन्न अग्रसर भए । राष्ट्रिय परिस्थिति केपी ओलीका पक्षमा भएको र संसद्भित्रको अङ्कगणित जटिल अवस्थामा रहेको यथार्थलाई बुझेर व्यवहार गर्न नसक्दा सुशील कोइराला त सकिए नै, काङ्गे्रस पार्टी पनि प्रतिकूल अवस्थामा पुगेको छ । प्रधानमन्त्री चयनको यस घटनाले नेपालमा वामपन्थी वर्चश्व बढाएको मात्र नभई राष्ट्रवादी भावना प्रोत्साहित भएको अर्थ पनि लागेको छ । कुल पाँच सय ९८ जना सांसद रहेको संसद्मा केपी ओलीले तीन सय ३८ मत प्राप्त गरेका छन् । ओली आफैँमा बलिया राजनीतिज्ञ भए पनि उनले अतिवामपन्थी र दक्षिणपन्थीको वैशाखी भने टेक्नुपरेको छ । यस्तो अभरपर्दो वैशाखी टेकेर ओलीले आफ्नो गन्तव्य हासिल गर्न सक्ने हुन् या होइनन् प्रतीक्षाको विषय बनेको छ ।