बागलुङको रिठेखोलामा पक्की पुल निर्माण

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण


पुल अभावमा लामो समयदेखि अगम्य बनेको बागलुङ जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको रु. दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ।

बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका-९ तित्याङ र बागलुङ नगरपालिका-१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ । पुल बनेपछि सधैभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ ।

जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले भकुण्डे विदेशी पर्यटकहरुका निम्ति आकर्षणको स्थल बनेको छ, तर भकुण्डे पुग्ने बाटोमा पुल बनेपनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिइएको छ ।

नवनिर्मित पुल २५.८ मिटर लामो छ भने यसको चौडाइ ६.६ मिटर छ ।

तस्बिर : रासस