१२ वर्षमुनिका नेपाली खेल समूह जापानमा

१२ वर्षमुनिका नेपाली खेल समूह जापानमा


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

मार्च २९ बाट जापानको टोकियो र सिजुओकामा आयोजना हुने कोपा टोरेरस कप (यु १२) उमेर समुहको फुटबल खेल खेल्नका लागि १२ वर्षमुनिका नेपाली टोली जापान आइपुगेको छ ।

नेपालसहित विश्वको विभिन्न देशबाट सहभागिता जनाउने प्रतियोगितामा १२ खेलाडी छनौट भएका छन् । जसअनुसार कास्कीका विकल भुजेल (लक्षु), सक्षम पौडेल, निशान भण्डारी, बागलुङका रिगेन श्रीष, गोरखाका कर्मा लामा, ललितपुरका सिद्धार्थ राई, पर्वतका विजन बसेल, संकल्प अधिकारी, सिन्धुपाल्चोकका सोजिन तामाङ, काठमाडौंका रोजन नारायण श्रेष्ठ, अर्नभ विक्रम शाह र सिन्धुलीका प्रिन्स मोक्तान रहेका छनभने प्रर्शिक्षकमा नेपाली राष्ट्रिय महिला फुटबलका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ, टिम म्यानेजर बिजी फुटबल एकेडेमीका सञ्चालक किशन गौचन पनि जापान आइपुगेका छन् ।

नेपाली टोलीलाई जापानका लागि नेपालको राजदूत डा. दुर्गाबहादुर सुवेदी, गैरआवसीय नेपाली संघ (आईसीसी)का उपाध्यक्ष रोविन शेरचन, मोना (आईसीसी)का अध्यक्ष ददिवल खड्का, नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली लगायतले खेलाडी तथा अफिसियलाई स्वागत गर्दै फुटबल खेलमा सफलताका लागि शुभकामना ब्यक्त गरेका थिए ।

बसन्त गौचन (BG) फुटवल एकेडमीको सहकार्यमा नेपालबाट जापान आइपुगेका खेलाडीहरुको सम्मानमा बिहीबार डिनर कार्यक्रमको आयोजना गरिएको थियो ।