कोकिनको अन्तर्राष्ट्रिय कारोबारी पक्राउ

कोकिनको अन्तर्राष्ट्रिय कारोबारी पक्राउ


४ करोड ३६ लाखको साढे एक किलो कोकिन एयरपोर्टमा फेला

  • सुरेन्द्र सुवेदी, काठमाडौं

ठूलो मात्रामा कोकिनसहित दुई जना ब्राजिलियन नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक LARISON BRITO DOS SANTOS  र FERNANDA VALE DOS SANTOS छन् । पत्राउ परेका उनीहरु कोकिनका अन्तराष्ट्रिय कारोवारी हुन् ।

प्रहरीले उनीहरुको साथबाट १ किलो ४ सय ५५ ग्राम कोकिन बरामद गरेको हो । यसको बजार मूल्य करिव ४ करोड ३६ लाख ५० हजार रुपैयाँ हुन आउँछ ।

काठमाडौ– १७, ठमेलको जीपी मार्गमा रहेको एक होटेलमा शंकास्पद रुपमा बसिरहेका उनीहरुको शुटकेश भित्र राखिएका एक जनाको साथबाट ७७ वटा प्लाष्टिकले ऱ्यापिङ गरिएका कोकिनका क्याप्सुलहरु भित्र राखिएको ८ सय ४० ग्राम र अर्का जनाको शुटकेर्श राखिएका ६२ वटा प्लाष्टिकले ऱ्यापिङ गरिएका कोकिन ५ सय ५० ग्राम गरी जम्मा १ सय ३९ क्याप्सुलबाट १ किलो ३ सय ९० ग्राम कोकिन फेला परेको हो ।

उनहरुले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरु निलेर पेटमा लुकाएर नेपाल ल्याएको खुल्न आएको छ । उनीहरुसँग पेटमा थप क्याप्सुलसमेत हुन सक्ने देखिएकाले तत्काल दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा LARISON BRITO DOS SANTOS पेटबाट थप ६ वटा प्लाष्टिकले ऱ्यापिङ गरिएका कोकिनका क्याप्सुलहरु भित्र राखिएको कोकिन ६५ ग्राम बरामद भएको व्युरोले जनाएको छ ।

विभिन्न मुलुकहरुबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने बिदेशी नागरीकको लागुऔषध नियन्त्रण ब्यूरोद्वारा निग्रानी गर्ने क्रममा लामो समयको निग्रानीपश्चात अवैध लागु औषध कोकिनको कारोबारमा संलग्न अन्तराष्ट्रिय गिरोहका दुई जना ब्राजिलियन नागरीकलाई कोकिनका क्याप्सुलसहित राजधानीबाट पक्राउ गर्न सफल भएको ब्युरोले जनाएको छ ।