‘इलाम २ उपनिर्वाचन’का लागि रास्वपाबाट मिलन लिम्बू उम्मेदवार

‘इलाम २ उपनिर्वाचन’का लागि रास्वपाबाट मिलन लिम्बू उम्मेदवार


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

रास्वपाले एक विज्ञप्ति जारी गर्दै पत्रकारितामा आबद्ध रहँदै आएका लिम्बूलाई उम्मेद्वाार बनाउने निर्णयबारे जानकारी दिएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का महासचिवसमेत रहेका लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको सो दलले जनाएको छ ।

रास्वपाको बिहबिार बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सर्वसम्मतिमा निर्वाचित भई पार्टीका तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयनको निर्णय गरेको बताइएको छ ।