आजको पञ्चाङ्ग एवम् राशिफल (१६ चैत २०८० शुक्रबार, २९ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ चैत २०८० शुक्रबार, २९ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत १६ गते तद्अनुसार सन् २०२४ मार्च २९ तारिख शुक्रबार चैत्र कृष्ण चतुर्थी तिथि विशाखा नक्षत्र वज्र योग कौलव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा तुला राशिमा ११ः५६ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः० मा भयो र सूर्यास्त साँझ १८ः१९ मा हुनेछ ।

आजको राशिफल

मेष – नयाँ काम सुरु गर्ने समय छ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका जुर्न सक्छ । आतिथ्यपूर्ण सम्मान पनि पाइने योग छ । ब्यवसायबाट लाभ भएपनि आज कृषि तथा पशुपालनमा रहेका व्यवसायीको हकमा खर्च केही बढ्नेछ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख रहनेछ । समग्रमा दिन राम्रै छ ।

वृष – सामान्य प्रयासबाटै काममा सफलता मिल्ने समय छ । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । बाह्य क्षेत्रका अधुरा काम छन् भने पूरा हुने दिशामा अघि बढ्ने योग छ । समस्यामा साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक कामले प्रतिष्ठा दिलाउला । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ ।

मिथुन – गरेका कामको आज राम्रे प्रशंसा हुनेछ । सामाजिक प्रतिष्ठा पनि मिल्ने समय छ । बोली र व्यवहारमा संयमता अपनाउन सके आज कठिन कार्यमा पनि सफलता प्राप्त हुने योग छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था निम्तन सक्छ, विशेष सचेत रहनुहोला । निर्णय गलत ठाउँमा नपरोस् भनी सचेत रहनुपर्ने अवस्था छ । विवादबाट बच्न विशेष सचेत रहनु उचित होला । प्रेमभाव बढ्नेछ ।

कर्कट – टाढिएका सहयोगीहरूको पनि साथ मिल्ने समय छ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । ब्यापारबाट सोचे झैं लाभ हुनेछ भने नयाँ कामको सुरुवातचाहिँ आज खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पहिलेका कमजोरीलाई सुधार गर्न चाहे सफलता मिल्ने योग छ । सन्तानसुख बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह – आरोग्यता र ब्यस्तता बढ्नेछ । समय शुभदायी छ । आम्दानी बढ्न सक्छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । भौतिक सुख–सुविधाको साधन प्राप्तिको योग छ । अध्ययन तथा अध्यापन कार्यमा शुभ रहेको छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ला, जसबाट प्रतिष्ठा उकासिने सम्भावना छ । रसरागको भाव वृद्धि होला ।

कन्या – मिश्रित फलदायी दिन छ । कामहरू बन्नेछन् तर कठिन कार्यको बोझ वा जिम्मेवारी थपिन सक्छ । सुख–दुःखमा साथ दिनेहरू भेटिनेछन् । रमाइलो यात्राको योग छ । झुठो आरोपबाट बच्न बोली तथा व्यवहारमा सजगता अपनाउनुपर्ने समय छ । साहित्यिक कार्यमा मन जानेछ । पराक्रम वृद्धि हुनेछ ।

तुला – आजको दिन स्वास्थ्य केही कमजोर रहे पनि महत्वपूर्ण काममा परिस्थितिले साथ दिनेछ । आफ्नो जिम्मेवारकिा अलावा अरूका काममा पनि समय खर्च गर्नुपर्ने योग छ । पढाइलेखाइमा खासै ध्यान दिन सकिने छैन । पीडा दिने खोज्नेहरू सक्रिय रहन सक्छन्, विशेष सवधान रहनुहोला ।

वृश्चिक – कोशिस गर्दा केही अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ तर आजको दिन काममा अलिक प्रतिस्पर्धा गर्नुपर्ला । चुनौती देखापर्नेछन्, तथापि चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धिविवेकले राम्रो काम गर्नेछ र आवश्यकता परेको बेला ठिक निर्णय हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सुख वृद्धि होला । सुख–सुविधाको वस्तु किन्नु हुनेछ । ऋण, रोग र शत्रु पक्ष कमजोर सावत हुनेछन् ।

धनु – प्रतिस्पर्धीहरू पराजित हुनुका साथै आँटे–गरेको कार्यमा सफलता मिल्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । व्यापारमा पनि फाइदा नै हुनेछ, तर खर्च भने आज केही वृद्धि नै होला । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य विशेष सफल हुने दिन छ । गीतसंगीत एवम् रसरागात्मक कार्यमा आकर्षण रहने छ।

मकर – आजको दिन घरायसी समस्याले सताए पनि महत्वपूर्ण कार्य सफल हुनाले मन सन्तुष्ट रहला । व्यवसायिक कामका लागि अलिक परको यात्रा सम्भावना छ । आयआर्जनको बाटो खुल्न सक्छ । चोटपटकको याोग भएकोले विशेष सावधानी अपनाउनु हितकर होला । मित्र वर्गबाट साथ–सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ने समय छ । शत्रु परास्त हुनेछ भने नियमकानूनले साथ दिनेछ ।

कुम्भ – नयाँ काम सुरु गर्ने समय छ, तर झमेला, विवाद र चोटपटकको योग छ । खर्चको मात्रा बढ्न सक्छ, आर्थिक अभावले सताउला । कामको चाप पनि बढ्ने देखिन्छ । आर्थिक हानी हुनसक्ने योग रहेकोले आज सावधान रहनु होला । चुनौतीका बाबजुद कर्मबल घट्नेछैन । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।

मीन – आजको दिन काममा केही चुनौती देखापर्ने देखिन्छ । पठनपाठनमा पनि त्यत्ति ध्यान दिन नसकिएला । स्वास्थ्यमा आइपर्ने सामान्य समस्याले नियमित काम प्रभावित हुने सम्भावना छ । यात्राजन्य कार्य सफल हुने योग छ । समस्यामा आफन्तको साथ मिल्नेछ । सुख विलासको भाव पैदा होला ।