ललितपुरमा हराएका ४४ मध्ये २२ अझै बेपत्ता

ललितपुरमा हराएका ४४ मध्ये २२ अझै बेपत्ता


ललितपुरमा बिहीबारसम्म २२ जना हराइरहेका छन् । ४४ जना हराएकोमा खोजीपछि २२ जना भने फेला परेको ललितपुर प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले बताए ।

त्यहाँ महिला २५ जना, बालिका र पुरुष ९/९ जना तथा बालक १ जना हराएका थिए । प्रहरीमा खोजतलासका लागि निवेदन परेका र खोजी गर्दा १० जना महिला, ७ जना बालिका, ४ जना पुरुष र १ जना बालक भने फेला परेका छन् । अब १५ महिला, ५ बालिका र २ जना पुरुष फेला पार्न बाँकी रहेको ललितपुर प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले घटना र विचारलाई बताए ।

मोवाइल १ सय ७२ वटा हराएको र खोजतलासका लागि निवेदन परेकोमा ३६ वटा फेला परेका छन् भने १ सय ३६ वटा अझै फेला पार्न नसकिएको ललितपुर प्रहरीको भनाइ छ ।