हात्तीको आक्रमणबाट पवित्राको मृत्यु : पति दिलिप घाइते

हात्तीको आक्रमणबाट पवित्राको मृत्यु : पति दिलिप घाइते


झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शिवसतासी–११ की ६० वर्षीया पवित्रा भेटुवालको हात्तीको आक्रमणबाट मत्यु भएको हो भने उनका पति ६२ वर्षीय दिलिप घाइते छन् ।

स्थानीय रतुवामाई वृक्षारोपण आयोजना वन क्षेत्रमा जङ्गली हात्तीले बुधबार साँझ दाउरा लिन जंगल गएको समयमा पवित्रालाई आक्रमण गरेको हो । उनका पतिलाई झिलझिले प्रहरीले उद्धार गरेर विर्तामोडको विर्तासिटी अस्पताल लगेको र उनको त्यहाँ उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते दिलिपको मुख, हात र शरीरका धेरै अंगमा चोट लागेको छ ।

यो आर्थिक वर्षमा झापामा मात्र पाँच जनाको हात्तीले ज्यान लिइसकेको छ ।