राष्ट्रिसभा उपाध्यक्ष अर्यालको राजीनामा

राष्ट्रिसभा उपाध्यक्ष अर्यालको राजीनामा


राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् ।

राष्ट्रिसभामा एकै दलका अध्यक्ष र उपाध्यक्ष हुने व्यवस्था छैन, जसकारण अर्यालले राजीनामा दिएकी हुन् ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र अर्याल माओवादी पार्टीका भएकोले अध्यक्ष र उपाध्यक्ष एकै दलको रहन नमिल्दा अर्याललले राजीनामा दिएकी हुन् । उनले अध्यक्ष दाहाललाई बिहीबार राजीनामा बुझाएकी हुन् ।

अब सत्ता गठबन्धनबाट नेकपा एमाले वा एकीकृति समाजवादीमध्येबाट उपाध्यक्ष चयन हुने देखिन्छ । सत्ता गठबन्धनका दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीले यसअघि एमालेलाई उपाध्यक्ष दिने सहमति गरेका थिए । पछि नेकपा एस पनि गठबन्धनमा आएपछि उपाध्यक्ष कसले पाउने भन्ने टुंगो लागिसकेको छैन ।

नेकपा एसलाई उपाध्यक्ष दिने प्रारम्भिक सहमति भएको स्रोतहरुले दाबी गर्दै आएका छन् ।