इलाममा राप्रपाबाट गुरुङ उम्मेदवार

इलाममा राप्रपाबाट गुरुङ उम्मेदवार


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट इलाम क्षेत्र २ मा लक्ष्मी गुरुङ उपनिर्वाचनमा उम्मेदवार चयन भएका छन् । राप्रपा संसदीय बोर्ड बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आगामी वैशाख १५ गते हुने संघीय संसद् सदस्यको निर्वाचन तालिकाअनुसार यही २४ गते उमेद्वारले मनोनयन दर्ता गर्नुपर्नेछ ।

गुरुङ राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष हुन् । गत भदौ २६ मा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि यो क्षेत्र रिक्त छ ।

यहाँ नेकपा एमालेले सुवासकै छोरा सुहाङ नेम्वाङलाई उमेद्वार बनाइसकेको छ । नेपाली कांग्रेस, माओवादीसमेतका दलले भने अझै उम्मेदवार चयन गरिसकेका छैनन् ।