भारत-नेपाल विद्युत् सम्झौता नवीकरण, ५४४ मेगावाट आयात हुने

भारत-नेपाल विद्युत् सम्झौता नवीकरण, ५४४ मेगावाट आयात हुने


नेपाल सरकार र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । आगामी असार दोस्रो सातासम्मका लागि सम्झौता भएको हो ।

पछिल्लो सम्झौताअनुसार अब नेपालले भारतबाट ५ सय ४४ मेगावाट विद्युत आयात गर्न पाउँछ । विगतको सम्झौताको समय सकिएपछि बिहीबार (१५ चैत) सम्झौता नवीकरण भएको हो ।

भारतको एक्सचेन्ज मार्केटबाट नेपालमा ५ सय मेगावाट ढल्केवर-मुजफ्फरपुर प्रशारण र ५४ मेगावाट टनकुपरबाट आयात गरिनेछ ।

भारतसँगको विद्युत सम्झौता नवीरकर नहुँदा नेपालमा दैनिक १० घण्टासम्म लोडसेडिङ हुने चिन्ता बढेको थियो । ‘बिहीबार सम्झौता नवीकरणपछि अब नेपालमा तत्काल लोडसेडिङ हुनेछैन’, विद्युत् प्राधिकरणका एक कर्मचारीले भने ।