भैंसी पक्रँदै वीरगञ्ज प्रहरी

भैंसी पक्रँदै वीरगञ्ज प्रहरी


भारतबाट नेपाल ल्याइएका दुई भैंसी र एक पाडो पर्षाको वीरगञ्ज प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-२१ परवानीपुर चोकमा ना५च ३३८६ नम्बरको पिकअपमा दुहुना भैंसी २ वटा र पाडा १ वटा भारतबाट भन्सार छली चोरी तस्करी गरी वीरगञ्जबाट नवलपरासीतर्फ जाँदै गरेको अवस्थामा भैंसी साहुसमेत पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार भैसी खरिद गरेर ल्याउने पर्साको बहुदरमाइ-५ का ५५ वर्षीय जोतनारायण यादवसमेतलाई पक्राउ गरी उल्लेखित नम्बरको पिकअप, भैंसी र पाडालाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रहरी जनाउँछ ।

यस्तै, वीरगञ्ज-३ छप्कैयाबाट भन्सार छली चोरी गरी भित्राइएको ४ लाख ५१ हजार रुपैयाँबराबरका कुर्ता सुरवाल, कार्पेट र कुर्ता सुरवाल बनाउने थान कपडा पनि प्रहरीले पक्राउ गरेको छ ।