तोलामा एक हजार एक सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार एक सयले बढ्यो सुनको मूल्य


स्थानीय बजारमा आज (१५ चैत) सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा रु एक लाख २७ हजार नौ सय तोकिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला रु. एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलाको रु. एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ ।

बुधबार प्रतितोला रु. एक हजार चार सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार पाँच सय १० निर्धारण गरिएको छ ।