तीन दिन बदली र वर्षातको पूर्वानुमान

तीन दिन बदली र वर्षातको पूर्वानुमान


प्रि मनसुनको समयमा बिहीबारदेखि शनिबारसम्म देशभरको मौसम सफा नहुने पूर्वानुमान गरिएको छ । पूर्वी क्षेत्रमा हल्का वर्षासँगै चट्याङ पनि पर्ने संभावना छ भने पश्चिमी क्षेत्रमा बदलीमात्र हुने देखिन्छ । वरिष्ठ मौसम विद् शान्ति कँडेलका अनुसार अझै तीनदिनसम्म देशभर नै मौसम सफा हुने देखिएको छैन ।

नेपालमा स्थानीय र पश्चिमी वायु सक्रिय छ । अरब सागरमा बनेको जलवाष्पयुक्त हावा नेपाल भित्रिएकोले बादल लाग्ने, पानी पर्नेक्रम रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएाके छ । वरिष्ठ मौसम विद् कँडेलका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।

बुधबार राति राजधानी उपत्यका, मधेश, कोशी र गण्डकी प्रदेशमा वर्षा भएको थियो । बदली हुने र पानी पर्ने योक्रम शनिबारसम्म निरन्तर रहने देखिन्छ । प्रि मनसुनका कारण पानी पर्दा पनि निरन्तर पर्दैन । घाम लाग्ने, पानी पर्ने र बदली हुनेक्रम भइरहने देखिन्छ ।