मुगुमा जीप दुर्घटना, दुईको मृत्यु चार जना घाइते

मुगुमा जीप दुर्घटना, दुईको मृत्यु चार जना घाइते


मुगुको गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँनजिकै दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु-६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ ।

दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रनाउ थापाका अनुसार मृत्यु हुनेमा जीपचालक कविराज नेपाली र पहिचान नखुलेका एक जना महिला रहेकी छन् । घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली, हीरादिङ नेपाली र प्रेम नेपाली रहेका र घाइते मन्जनेको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।