नगरपालिका भवन निर्माणमा १ करोड ८ लाख रुपैयाँ हिनामिना

नगरपालिका भवन निर्माणमा १ करोड ८ लाख रुपैयाँ हिनामिना


सिराहाको कर्जन्हा नगरपालिकाको भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ८ लाख रुपैयाँ बिगो दावीसहित बुधबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६(३) मा व्यवस्था रहेको सार्वजनिक निकायले निर्माणस्थलको व्यवस्था नभई वोलपत्र आव्हान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै र उच्च अदालत जनकपुर, राजविराजबाट भएको फैसलाविपरीत ठेकेदार कम्पनीसित सम्झौता गरेर अनियमितता गरेको अख्तियारको भनाइ छ ।

निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन ज्वाइण्ट भेञ्चरका आधिकारिक प्रतिनिधि बैजनाथ यादवले कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि Advance Payment Guarantee राखेर Mobilization पेश्की भुक्तानी लिई निर्माण कार्य शुरु नगरेकोले यो कम्पनीसित पनि एक करोड आठ लाख रुपैयाँ बिगो कायम गर्दै सजायको माग गरिएको छ ।