१२८ ग्राम सुन बरामद नरदेवीबाट बरामद

१२८ ग्राम सुन बरामद नरदेवीबाट बरामद


चीनबाट रसुवा केरुङ नाकाहुँदै राजधानी भित्रिएको १ सय २८ दशमलव ७ ग्राम सुन प्रहरीले बरामद गरेको छ ।

सुनसरीको इटहरी-११ का २६ वर्र्षीय सुदिप विश्वकर्मा र गोरखाको चुमनुब्री-६ का ३९ वर्षीय सोनामदोर्जे लामाका साथबाट उक्त सुन बरामद भएको हो ।

रसुवाको केरुङ नाकाहँुदै भन्सार छलेर सुनको तस्करी गरी काठमाडौं प्रवेश गरेको सूचनाका आधारमा काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष अनुसन्धान टोलीले काठमाडौं-१८ नरदेवीबाट सुन बरामद गरेको हो । यो सुनको मूल्य करिव १३ लाख ९१ हजार १ सय ६० रुपैयाँ बुधबारको बजार मूल्यअनुसार पर्छ ।

प्रहरीले सो सुन त्रिभुवन अन्तराट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ ।