आजको पञ्चाङ्ग एवम् राशिफल (१४ चैत २०८० बुधबार, २७ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ चैत २०८० बुधबार, २७ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत १४ गते तद्अनुसार सन् २०२४ मार्च २७ तारीख बुधबार चैत्र कृष्ण पक्षको द्वितीया तिथि चित्रा नक्षत्र व्याघात योग वणि करण आनन्दादिमा काल योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२ मा भयो र सूर्यास्त साँझ १८ः१८ मा हुनेछ ।

आजको राशिफल

मेष – नयाँ कामको योजना अघि बढाउनु छ भने समय शुभदायी छ काममा जाँगर लाग्नाले धनलाभ हुने देखिन्छ । तर, पारिवारिक कार्यमा खर्च बढ्ने योग छ, ध्यान राख्नुहोला । सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ । नयाँ कामको योजना बनाउँदा फाइदा नै होला । गरिआएको ब्यवसायबाट पनि लाभ नै मिल्ने देखिन्छ । साझेदारीको काम बन्नेछ ।

वृष – ब्यस्ता बढ्ला । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने समय छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले विशेष सतर्क रहनु हितकर होला । चोटपटकको सम्भावनाप्रति पनि ध्यान राख्नुहोस् । निकटजनसँग हल्का मनमुटाव हुनसक्छ, बोली र व्यवहारलाई नियन्त्रण गरेकै राम्रो होला । शत्रुसित लड्ने सामर्थ्य भने वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कसैबाट प्रशंसा र आदर पाउने दिन भएपनि जागिरमा भने खासै मन नजाला । सामाजिक बर्चस्व बढाउन सकिने योग छ । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला ।

कर्कट – व्यस्तता बढेपनि सोचेका काम पुरा भइ सुखको अनुभव हुने समय छ । दाम्पत्य जीवन सुखद रहला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । रुपैयापैसाको कारोबार गर्नुछ भने आजको दिन राम्रै होला । आरोग्यता रहनेछ । कर्मबल हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पराक्रम वृद्धि हुनेछ । परिवारमा सामान्य विवाद पर्ने देखिएपनि आज नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । कतै भोजभतेरमा सहभागी बन्नुपर्ने देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु उचित हुनेछ । रचनात्मक काममा ज्यादा सफलता मिल्नेछ ।

कन्या – अल्छीपनले सताउन सक्ने समय छ । स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । सवल स्वास्थ्यका लागि आजको दिन खानपानमा विशेष सावधान रहनु हितकर हुनेछ । बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । विवेक पुऱ्याएर व्यवहार गर्नुहोला । प्रतिकुलतामा साथीभाइको सहयोग भने प्राप्त गर्नुहुनेछ ।

तुला – आजको दिन परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्घिको सही प्रयोग भइ सोचेको योजना सकारात्मक ढंगले अघि बढ्ने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिने समय छ । शुभचिन्तकको साथ-समर्थन मिल्नेछ । आरोग्यपन वृद्धि एवम् यशवर्चश्व बढ्ने देखिन्छ ।

वृश्चिक – दिन शुभदायी छ । आज चिताएको काममा सफलता मिल्नुका साथै धनलाभ पनि हुने योग छ । नचिताएको पात्रबाट समर्थन मिल्न सक्छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला । मिठो भोजन प्राप्त हुनेछ । सुखानुभूतिमै दिन बित्नेछ ।

धनु – समाजिक सम्मान मिल्ने समय भएपनि स्वास्थ्यगत दृष्टिमा केही प्रतिकुल हुने देखिन्छ । रमाइलो यात्राको सम्भावना छ । नसोचेको ढंगले धन आर्जन हुने योग छ । समष्टिमा मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ । रसरागात्मक भाव वृद्धि होला ।

मकर – आजको दिन कार्यमा केही चुनौती खडा हुन सक्छ । आर्थिक पक्ष पनि खासै राम्रो देखिँदैन । निरर्थक क्षेत्रमा धन खर्च हुनसक्ने योग रहेकोले विशेष सावधान रहनु हितकर होला । स्वास्थ्य पनि त्यति सवल नरहन सक्छ । भौतिक सरसामनको क्षति हुने समय छ । आर्थिक अभाव देखापर्न सक्छ ।

कुम्भ – मिश्रित फलदायी दिन छ । दोडधुप बढ्ला । दिनको पहिलो चरण सुखदायी रहेपनि साँझसम्म पुग्दा जाँगर हराएको अनुभूति होला । तथापि, आजको दिन बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने योग छ । परिवारजनको सहयोग पनि प्राप्त हुनेछ । आफन्त भेटघाटले मन प्रफुल्ल हुनेछ । अन्य कुरा सामान्य रहला ।

मीन – समय शुभदायी छ । नचिताएको टाउबाट आम्दानी होला । आयस्रोतका अनेक बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसाय पनि उत्साहजनक रूपले वृद्धि हुने देखिन्छ । रमाइलो तथा उपलब्धिमूलक यात्राको योग छ । सकारात्मक सोचको विकास हुनेछ । आनन्द बढ्ला ।