म्याच फिक्सिङ मामलामा पाँच खेलाडीलाई सफाइ

म्याच फिक्सिङ मामलामा पाँच खेलाडीलाई सफाइ


म्याच फिक्सिङ (खेल मिलोमतो)को आरोप लागेका अलराउन्डर आदिल अन्सारी र क्रिकेट राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिने आदेश गरेको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच जनामाथि म्याच फिक्सिङको अभियोगमा नेपाल सरकारको दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिने आदेश गरेको हो । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार पाँच खेलाडीलाई लगाएको अभियोगमा नेपाल सरकारको दाबी नपुगेपछि अदालतले सफाइ दिएको हो ।

ज्ञात रहोस्, गत वर्ष काठमाडौमा भएको नेपाल टी-२० लिगमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेका खेलाडी गतवर्ष नै रू. तीन लाख धरौटीमा छुटेका थिए ।