समय र हुरी

समय र हुरी


✍ श्यामकृष्ण लम्साल

समय हुरी हो ?
हुरी झैँ बहन्छ ?
उषाको किरणले छरेको रक्तिम लाली झैँ
हुरी, सधै मुस्कुराउने मात्रै गर्दैन
हुरी समय पनि हो
हुरी झैँ बहने गरेको छ
कहिले अँध्यारोलाई बढारेर लानेगर्दो रहेछ
कहिले उज्यालोलाई पनि धक्का दिएको अनुभूति हुन्छ
समय आँधि पनि हो ?
आँधि झैँ बहनै पनि पर्छ ?
हुरी र समयको कुनै निति नियम हुँदैन !
दिशा पनि हुँदैन
विधिविधानमा चल्नैपर्छ
भन्ने पनि हुँदैन !