राष्ट्रियसभाका लागि कांग्रेसको प्रमुख सचेतकमा रोकाय

राष्ट्रियसभाका लागि कांग्रेसको प्रमुख सचेतकमा रोकाय


नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गरेको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

रोकाय कर्णाली प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् ।