तीन जना मृत भेटिए

तीन जना मृत भेटिए


स्याङजा, तेह्रथुम र काठमाडौंमा तीन जना मृत फेला परेका छन् ।

स्याङ्जाको पुलती बजार नगरपालिका-१३ सातुपसल बस्ने राजेन्द्रप्रसाद तिवारीकी १५ वर्षीया छोरी रिया तिवारी आफ्नै घरको पिँढीमा मृत अवस्थामा फेला परेकी छन् ।

तेह्रथुमको छथर गाउँपालिका-५ तुरुम्बा गाउँस्थित साथीको घरमा सल्यान छत्रेश्वरी गाउँपालिका-५ लेकपोखरा टोल घर भएका ४५ वर्षीय हिमाल केसी मृत अवस्थामा फेला परेका छन् । चैत ८ गते घुम्न भनी साथीको घर आएर बसेका उनी आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिका-३ समलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । यी तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।