सुहाङलाई ओलीको शुभकामना

सुहाङलाई ओलीको शुभकामना


इलाम क्षेत्र नम्बर २ बाट संघीय संसद उमेद्वारको सिफारिस गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्बाङलाई शुभकामना दिएका छन् । गत भदौं २६ मा इलाम २ का सांसद सुवासचन्द नेम्बाङको निधनपछि सो क्षेत्र रिक्त थियो । एमालेले आइतबार सुवासकै कान्छा छोरा सुहाङलाई त्यहाँ उमेद्वार सिफारिस गरेको हो ।

सुहाङसँग खिचिएको फोटो राख्दै ओलीले आम युवामा जस्तै सुहाङमा पनि केही गर्ने हुटहुटी र ऊर्जा रहेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘युवा सँगसँगै’ भन्दै उनले लेखेका छन्, ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु । आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ । शुभकामना छ सुहाङ !’