अछाममा ट्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु

अछाममा ट्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु


तीन जनाको अवस्था गम्भीर

  • सुरेन्द्र सुवेदी, काठमाडौं

अछामको मेल्लेखमा सोमबार बिहान ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते छन् ।

अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले घटना र विचारलाई दिएको जानकारीअनुसार दुर्घटनामा मेल्लेख गाउँपालिका वडा १ का १५ वर्षीय जनक धामी, २१ वर्षीय जनक धामी, ५५ वर्षीय रङ्ग धामी, ४५ वर्षीय प्रेम धामी र ३७ वर्षीय नरबहादुर धामीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी गम्भीर घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । उनीहरुको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।

मेल्लेखको षोडसाबाट साँफेबगर जाँदैगर्दा ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिव ५० मिटर तल खसेको डिएसपी पाठकले जानकारी दिए । ट्याक्टरमा आठ जना नै सवार थिए ।