आजको पञ्चाङ्ग एवम् राशिफल (१२ चैत २०८० सोमबार, २५ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ चैत २०८० सोमबार, २५ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत १२ गते तद्अनुसार सन् २०२४ मार्च २५ तारिख सोमबार फाल्गुन शुक्लपक्ष पूर्णिमा तिथि उत्तरा फाल्गुनी वृद्धि योग बालब करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४ मा भयो र सूर्यास्त साँझ १८ः१७ मा हुनेछ । भद्रा बिहान ९ः५६ देखि राति २३ बजेसम्म । फागुपूर्णिमा, तराईमा होली ।

आजको राशिफल

मेष – समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ने समय छ । लगानी धेरै तर कममात्र फाइदा हुने देखिन्छ । आजको दिन आगो तथा हातहतियारबाट विशेष सावधान रहनु हितकर होला । कुरा काट्नेहरु सक्रिय रहनेछन् भने पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । आर्थिक संकट पनि होला, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

वृष – कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । तपाईंले गरेको कामको कदर भइ प्रतिष्ठा पनि बढ्ने योग छ । ब्यापारमा प्रगति हुने देखिन्छ । तर, जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ला । कसैबाट अपमानित हुने सम्भावना रहेकोले सावधान रहनुहोला । कला क्षेत्रमा रुचि बढ्नेछ । आफन्तजनको साथका साथै पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – व्यस्तता वृद्धि हुनेछ । अल्झेको काम बन्नाले मनमा एक किसिमको उल्लास छाउला । आत्मविश्वास जाग्नेछ भने वैदेशिक क्षेत्रको लगानी खेर नजाने समय छ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । पढाइमा भनि खासै प्रगति हुने छैन । आफन्तजनसँग भेटघाट होला । मनमा प्रसन्नता मिल्ने दिन छ । शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने समय छ । कुरा काट्नेहरुले प्रशंसा गर्न थाल्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिने छ । आरोग्यता रहनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – आजको दिन केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहला । चोटपटकको योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर हुनेछ । रसरागप्रति आकर्षण बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – दिन शुभदायी छ । महत्वपूर्ण काम बन्नेछन् भने तपाईंको लगनशिलता र इमान्दारिताको प्रशंसा हुनेछ । मनमा शान्ति छाउनेछ । पढाइलेखाइमा प्रगति होला । परिवारजनमा आत्मीयता बढ्नेछ भने प्रेम प्रस्तावको पनि सम्भावना छ । तथापि, व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, सचेत रहनुहोला । आरोग्यता रहनेछ । आफन्तजनको साथ रहनेछ ।

तुला – पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहला । आर्थिक क्षेत्रमा राम्रै लाभ हुने सम्भावना छ । ब्यापार, कृषि, तथा वैदेशिक क्षेत्रमा दिन राम्रो छ । आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ । ऋणसापटी लिनदिन पनि आजको दिन अनुकूल छ । मिठो भोजन प्राप्त हुनेछ । धन सम्पदामा बढोत्तरी रहला ।

वृश्चिक – रमाइलो भेटघाटले मन हर्षित हुनुका साथै पराक्रम बढ्ने समय छ । सुखद यात्राको योग छ । सन्तानपक्षबाट सुख मिल्नेछ । मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । व्यापार–व्यवसायमा सुधार आउने योग छ । आय र आरोग्यता वृद्धि होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । सुखसुविधाको बस्तुमा खर्च बढ्न सक्छ ।

धनु – उत्साहवर्द्धक समय छ । कर्मबल बढ्नेछ भने काममा जाँगर चल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । तर आम्दानीसँगसँगै खर्च पनि विद्धि हुने योग छ । स्वास्थ्यमा सामान्य गडबडीको सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – रोकिएका काम पुनः सुरु हुन सक्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । अध्ययन-अध्यापनमा सफलता मिल्ने र आफन्तहरुको सहयोग प्राप्त हुनेछ । बौद्धिक उन्नतिले काममा सफलता मिल्नेछ । खर्च केही बढ्ला । खुट्टा तान्नेहरू सक्रिय रहनसक्ने हुँदा विशेष सावधान रहनु हितकर होला । चुनौतीका बाबजुद दायित्व पूरा गर्न सकिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – खर्च भन्दा कमाइ नै बढी हुने समय छ । आम्दानीमा कमी नआएपनि प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना रहेकोले सचेत रहनु उचित हुनेछ । साथीभाइ एवम् छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । व्यापारमा पनि फाइदा हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – साझेदारीको काम बन्ने समय छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित होला । जाँगर वृद्धि भइ चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ । दाम्पत्यसुख बढ्नेछ । आफन्तसुख बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।