सिआइबीका चार प्रहरी निरीक्षक प्रधान कार्यालय तानिए

सिआइबीका चार प्रहरी निरीक्षक प्रधान कार्यालय तानिए


६९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका चार जना प्रहरी निरीक्षकमाथि पनि कारवाही थालिएको छ ।

स्रोतका अनुसार प्रहरी निरीक्षकहरु रन्जित लामा, सुरेश खत्री, कृष्ण श्रेष्ठ र वकिल सिंहलाई सीआईबीबाट हटाइएको छ । खत्री र लामालाई प्रधान कार्यालय, सिंह सशस्त्र गण तथा श्रेष्ठ पहरा गण काजमा लगिएको छ ।

यसअघि सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, एसपी सञ्जय थापा, डिएसपीहरु दुर्गा दाहाल र रुगम कुँवर प्रधान कार्यालय तानिएका छन् ।