फरार जीबी राईलाई नियन्त्रणमा लिन सरकारले पूरै शक्ति परिचालन गरेको खुलासा

फरार जीबी राईलाई नियन्त्रणमा लिन सरकारले पूरै शक्ति परिचालन गरेको खुलासा


सहकारीको रकम अपचलन गर्नेहरुको सम्पत्ति खोजेर बचतकर्तालाई फर्काइने गृहमन्त्रीको आश्वासन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको जानकारी दिए ।

उनले भनेका छन्, ‘सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।’

देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो । सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने आश्वासन दिए ।

सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीबी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको खुलासा उनले गरे । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिले नै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे । सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उनको भनाइ थियो ।

प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने तर्कसहित उनले भने, ‘कहीँ कतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो, निर्दोष नफसोस् दोषी नउम्यिोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ, त्यहीअनुसार काम हुन्छ ।’

file photo