विराटनगरमा साहित्य सिर्जना र संवाद कार्यक्रमको ५३औं शृङ्खला

विराटनगरमा साहित्य सिर्जना र संवाद कार्यक्रमको ५३औं शृङ्खला


  • प्रेम ओझा, विराटनगर

हरेक महिनाको दोस्रोे शुक्रबार सञ्चालन हुने साहित्य सिर्जना र संवाद कार्यक्रमको ५३औं शृङ्खला शुक्रबार विराटनगरमा सम्पन्न भएको छ । राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको सो कार्यक्रममा २२ जना स्रष्टाले रचना वाचन गरेका थिए ।

विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा लक्ष्मी युग्मी, एकनाथ ढकाल, उमानाथ घिमिरे ‘सागर’, भवानी पोखरेल, निर्मला कोइराला, वावुराम पोखरेल, सरिता तुलाधर र शारदा कार्कीले आफ्ना सिर्जना प्रस्तुत गरे । यस्तै शैलेन घिमिरे, सुजाता राई, पुष्पा सायरा, अम्बिका खरेल, करुणा दाहाल, रोहिणी रसिक, गोकुल अधिकारी, प्रेम ओझा, प्रिन्सप्रमोद ढकालसमेतका साहित्यकारले मुक्तक, गजल, कविता, लघुकथा वाचन गरे ।

कार्यक्रममा प्रमुख अतिथि नरेन्द्र चापागाईं, स्मृति प्रतिष्ठानकि अध्यक्ष सरला चापागाईंले संस्थाले सञ्चालन गरेको कार्यक्रमबाट स्रष्टाहरुमा साहितय लेखनप्रति उत्प्रेरणा बढेको विचार व्यक्त गरिन् । सहकारी संस्थाका उपाध्यक्ष तुलशीनारायण अधिकारीले संस्थाले हरेक सृङ्खलामा रचना वाचन गर्ने एक स्रष्टालाई संस्थापक नगेन्द्रमणि न्यौपानेले स्थापना गरेको अक्षय कोषबाट एक हजार रुपैयाँ प्रदान गरिने जानकारी दिए । उनको जानकारीअनुसार गोलाप्रथाबाट यो श्रृङ्खलाका स्रष्टा लक्ष्मी युग्मीले सो नगद प्राप्त गरिन् ।