मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार


मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो ।

नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी (गृह, सञ्चार तथा कानुन मन्त्रालय), शत्रुधन सिंह (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) र प्रमोदकुमार जयसवाल (शिक्षा तथा संस्कृति मन्त्रालय)का जिम्मेवारी प्राप्त गर्नुभएको छ । साथै केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख भण्डारीबाट शनिबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ लिएका छन् ।