आजको पञ्चाङ्ग एवम् राशिफल (१० चैत २०८० शनिबार, २३ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० चैत २०८० शनिबार, २३ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत १० गते तद्अनुसार सन् २०२४ मार्च २३ तारिख शनिबार फाल्गुन शुक्ल त्रयोदशी तिथि ७ः५२ पर चतुर्दशी तिथि पूर्वाफाल्गुणी नक्षत्र शूल योग गर करण आनन्दादिमा लुम्ब योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः६ मा भयो र सूर्यास्त साँझ १८ः१६ मा हुनेछ ।

आजको राशिफल

मेष – पेशागत रुपमा समस्या पैदा हुन सक्ने समय छ । मुद्दा मामिला पनि पर्न सक्छ कसैसँग अनावश्यक विवाद वा झगडाको योग रहेकोले सचेत रही बोली र व्यवहार गर्नु उचित हुनेछ । तथापि, व्यापार-व्यवसायमा भने लाभ नै हुने देखिन्छ । मित्रजनमा प्रेमभाव बढ्नेछ । आमोदप्रमोदको माहोलमा रम्नुहुनेछ ।

वृष – सामाजिक कामबाट सन्तोष र अरुबाट मान-प्रशंसा हासिल भइ मन हर्षित हुने दिन छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउने अवसर जुर्ने देखिन्छ । व्यापारमा गरेको लगानी पनि सन्तोषप्रद रहनेछ । कुनै विषयमा मन दुविधामा पर्ने योग छ, सोचेरमात्र निचोडमा पुग्नु हितकर हुनेछ । व्यस्तता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – वैवाहिक जीवन सुखी हुने खालको दिन छ । रमाइलो यात्राको योग पनि रहेको छ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त होला । खुसीको खबर प्राप्त हुनेछ । चल-अचल सम्पत्तिको कारोबार हुन सक्ने समय छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा नै गर्ने देखिन्छ भने अध्ययन-अध्यापनमा सुखद परिणाम प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – दिन तपाईंको लागि अनुकुल रहनेछ । धैर्यले काम लिने समय छ, चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुने सम्भावना छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । यात्राको योग पनि रहेको छ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पीडा दिनेहरू सक्रिय रहन सक्ने समय छ । ब्यर्थको खर्च पनि हुन सक्छ । आरोग्यताका लागि खानपानलगायतका क्रियाकलापमा विशेष सजगता राख्नु उचित हुनेछ । रसराग एवम् मनोरञ्जनात्मक कार्यमा प्रवृत्ति बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्ला । प्रतिष्पर्धी एवम् शत्रुपक्षप्रति सचेत रहनुपर्नेछ । ब्यस्तता वृद्धि होला ।

कन्या – नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम अघि बढ्नाले आर्थिक पक्ष सबल बन्नेछ । ठूला व्यक्तिबाट बुद्धि-विवेकको तारिफ हुनेछ भने मुद्दा-मामिलामा विजयी भइएला । धनलाभको योग पनि छ । लेखपढ तथा अन्वेषणमा मन जानेछ । आफन्त एवम् मित्रजनको साथ प्राप्त हुनेछ । समग्रमा आजको दिन खुशीका साथ बित्ने देखिन्छ ।

तुला – व्यवहारिक कार्यमा मन लाग्नेछ, आयआर्जनको दृष्टिले राम्रो दिन छ । व्यवसायमा सोचेभन्दा बढी नै लाभ प्राप्त भइ मन प्रशन्न रहला । आफन्तमिलनले सुख दिनेछ । पाहुनाको आगमनले मन हर्षित तुल्याउनेछ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – दिन शुभदायी छ । रोकिएको काम बन्नेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । कामहरु पनि सजिलैसँग बन्ने योग छ । हाँसखेल, भ्रमण तथा मनोरञ्जनात्मक क्रियाकलापमा ज्यादा समय ब्यतीत होला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

धनु – घरेलु समस्याले सताउन सक्ने समय छ । मित्र बनेर धोका दिनेहरु सक्रिय हुन सक्छन्, सचेत रहनुहोला । स्वास्थ्य पनि केही कमजोर रहेको अनुभूति हुन सक्छ । धनमाल हराउने तथा ठगीमा परिने योग रहेकोले विशेष सजगताको खाँचो छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा आज नगर्नु नै उचित हुनेछ । गीतसंगीत र रसरागात्मक काममा भने आकर्षण बढ्नेछ ।

मकर – दौडधुप बढ्नेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि नसोचेको धन लाभ हुन सक्ने योग छ । नियमित काममा भने कठिनाइ सहनुपर्नेछ । सरसापटी लेनदेनमा पनि खासै राम्रो छैन । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । प्रतिकुलताका बाबजुद साहस वृद्धि भइ दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । काम बन्नाले सुखको अनुभूति होला । पठन-पाठनमा मन जानेछ । मिहेनतअनुसार कमाइ पनि राम्रै होला । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइने योग छ । दाम्पत्यसुख बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – दिन शुभदायी छ । नयाँ कामका योजनाहरु बन्नसक्नेछ भने कार्यमा जोश-जाँगर पनि बढ्ला । कतैबाट आर्थिकलाभको योग छ । आज कुनै नया कामको थालनी गर्नु उचित हुनेछ । साथीभाइसँग मनोरञ्जनात्मक भेटघाट हुन सक्छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।