क्यालिफोर्निया च्याप्टरमा नयाँ नेतृत्व

क्यालिफोर्निया च्याप्टरमा नयाँ नेतृत्व


अमेरिकामा बस्दै आएका नेपाली अमेरिकन सोसाइटी (नासो) क्यालिफोर्निया च्याप्टरमा आवद्ध नेपालीहरुले नयाँ नेतृत्व छनोट गरेका छन् । च्याप्टरको हालै सम्पन्न साधारणसभाले ध्रुवराज विश्वकर्माको नेतृत्वमा नयाँ समिति बनाएको हो ।

निर्वाचन अधिकृत जयराम टमटाका अनुसार अध्यक्षमा ध्रुवराज, वरिष्ठ उपाध्यक्ष माया टमटा, उपाध्यक्षहरुमा ओम थापा, जुम सुनार, विक्रम दियाल रहेका छन् । सचिवमा कल्पना विश्वकर्मा, सहसचिवहरुमा पुनम सेन्चुरी र अभिषेक लाकान्द्री छन् । यस्तै कोषाध्यक्षमा रेखा लकान्द्री र सदस्यहरुमा केशव विश्वकर्मा, सुन्दर विश्वकर्मा, चन्द्र विश्वकर्मा र राम गहतराज रहेका छन् ।

नेपाली कांग्रेसका युवा नेता राम लकान्द्रीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा संस्थापक रामकृष्ण लकान्द्री र केन्द्रीय सदस्य भीमनारायण विश्वकर्माको पनि उपस्थिति थियो ।