आजको पञ्चाङ्ग एवम् राशिफल (७ चैत २०८० बुधबार, २० मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ चैत २०८० बुधबार, २० मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत्र ७ गते तद्अनुसार सन् २०२४ मार्च २० तारिख बुधबार फाल्गुन शुक्ल एकादशी तिथि तिष्य नक्षत्र अतिगण्ड योग वणि करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१० मा भयो र सूर्यास्त साँझ १८ः१५बजे हुनेछ । आमलकी एकादशी व्रत ।

आजको राशिफल

मेष – शुभदायी समय छ । विभिन्न भौतिक साधन जुट्ने र आम्दानी बढ्ने देखिन्छ । रचनात्मक कार्य प्रारम्भ गर्न सकिने छ भने रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । गरिएका कामको मूल्यांकन पनि राम्रै हुने योग छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा लाभ नै हुनेछ । राम्रा कार्यका लागि व्यस्तता बढ्नेछ । आमोद प्रमोदको अवस्था रहला । समग्रमा दिन रमाइलो छ ।

वृष – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । आज कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउन सकिने छ भने जीवनशैलीमा परिवर्तन आउन सक्छ । आजको काममा खर्च लागे पनि दिगो फाइदा हुनेछ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जान सक्छ, सचेत रहनुहोला । प्रेमभाव बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – व्यवसायमा लगानी बढाउन सकिनेछ । प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । स्वास्थ्यका लागि आजको दिन खानपानमा विशेष सचेत रहनुपर्नेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । मुख्य काममा बाधा हुँदा खिन्नता महसूस हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – नयाँ कामको प्रस्ताव आउने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ भने धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सुखानन्द र आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुने योग छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – दिन शुभदायी रहला । तपाईंका विचार र व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । मान–सम्मान बढ्नेछ भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । रसरागको कार्यमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशांति बढ्नेछ ।

कन्या – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । नयाँ काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा भने समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । टाढाको यात्राको पनि सम्भावना छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन कर्मबल बढ्नेछ र विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । धन आर्जन पनि हुने देखिन्छ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइएला । स्वास्थ्य सामान्य तवरले कमजोर रहनाले चिताएको विशेष काम गर्न मुस्किल पर्ला ।

वृश्चिक – नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिने समय छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सचेत रहनुहोस् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, विवेकपूर्ण व्यवहारको दरकार छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । पराक्रमी कर्ममा सफलता प्राप्त हुने योग छ ।

धनु – विगतको श्रमबाट धनलाभ हुने समय छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाइएला । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । आँटेका कामहरू सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने दिन छ । रसरागको भाव बढ्नेछ । साहसिक काममा आकर्षण रहला ।

मकर – शुभदायी समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व पनि बढ्ने देखिन्छ । नयाँ काममा हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । दाम्पत्यसुख वृद्धि हुनेछ । नियमकानूनले साथ दिने देखिन्छ ।

कुम्भ – कृषि, पशुपालन जस्ता कर्ममा खासै लाभ नभए पनि आज व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । तर, अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, विशेष योजना गोप्य राख्नु हितकर होला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आजको दिन पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – रोकिएका काम सम्पादन हुने समय छ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । पठनपाठनमा पनि प्रगति हुनेछ । तर, आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनुहोला । प्रेमभाव बढ्ने र मिठो भोजन प्राप्तिको योग भएपनि विशेष योजना स्थगित हुनाले खिन्नता बढ्ने योग छ ।