गृहले गऱ्यो सहसचिव र उपसचिवको सरुवा

गृहले गऱ्यो सहसचिव र उपसचिवको सरुवा


अध्यागमन विभागमा निरौला

गृह मन्त्रालयले सहसचिव र उपसचिव २२ जनाको सरुवा गरेको छ । मंगलबार मन्त्रालयस्तरको निर्णयबाट अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला तोकिएका छन् । यसअघिका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि उनी निलम्बित अवस्थामा छन् । त्यसपछि विभाग निमित्तका भरमा थियो । सहसचिव निरौला मन्त्रालयमै कार्यरत थिए ।

त्रिभुवन विमास्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालको राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरण सरुवा भएको छ । अध्यागमन कार्यालयमा नरबहादुर थापाको सरुवा भएको छ ।

मन्त्रालयले ११ जिल्लाका सिडिओ पनि फेरेको छ । ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्य, संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । यस्तै धनुषामा रामराज कडरिया, खोटाङमा शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मिना अर्याल र ताप्लेजुङको सिडिओमा रवीन्द्र आचार्यलाई पठाएको गृहले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।