कृष्णबहादुर महराको राजनीतिक जीवन समाप्त भएकै हो ?

कृष्णबहादुर महराको राजनीतिक जीवन समाप्त भएकै हो ?


माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष महरा पक्राउबारे छलफल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जनकारी दिएका छन् ।

महरालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छिट्टै निष्कर्षमा पुगिने सापकोटाको भनाइ छ । नियमित बैठक बसेर एउटा धारणा सार्वजनिक गरिने उनले बताएका छन् ।

माओवादी स्रोतका अनुसार महरालाई पार्टीबाट निलम्बन गरिने सम्भावना प्रवल छ । माओवादीले केन्द्रले जस्तोसुकै निर्णय लिएपनि अब कृष्णबहादुर महराको राजनीतिक जीवन लगभग अन्त्य भएको ठानिएको छ ।

ज्ञातव्य छ, उपाध्यक्ष महरालाई सोमबार (चैत्र ५) बिहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौ. ल्याइएको थियो । उनलनई सोमबार नै काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि चार दिन म्याद थप गरिएको छ ।

आठ प्रकारका औषधि सेवन गर्दैआएको भन्दै महराले गुहार मागेपछि…

https://ghatanarabichar.com/299219

सुन तस्करी अभियोगमा प्रहरीनियन्त्रणमा रहेका महरा नर्भिक अस्पताल भर्ना

https://ghatanarabichar.com/299230