नेपाल कुस्ती सङ्घको अध्यक्षमा कुसारी निर्वाचित

नेपाल कुस्ती सङ्घको अध्यक्षमा कुसारी निर्वाचित


नेपाल कुस्ती सङ्घको अध्यक्षमा प्रकाशकुमार कुसारी निर्वाचित भएका छन् । आइतबार सम्पन्न सङ्घको साधारणसभा तथा अधिवेशनले कुसारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

सङ्घको उपाध्यक्षमा निर्मल सिग्देल, मुकेश साह, सूर्यन्सकुमार चौधरी, महासचिवमा खगेन्द्रबहादुर बस्नेत, उपमहासचिवमा साजन अधिकारी, सचिवमा सरोज कटुवाल र सुर्यनारायण साह तथा कोषाध्यक्षमा विपुल पौडेल निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यमा ऐटनकुमार मल्ल, सुदीप केसी, अनिल न्यौपाने, उपेन्द्र श्रेष्ठ, विक्रमसागर पोखरेल र लक्ष्मी उराउ निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष कुसारीले आफ्नो कार्यकालमा कुस्ती सङ्लाई व्यवस्थित गर्दै अगाडि बढाउने बताए । खेलकुद क्षेत्रलाई व्यवस्थित रूपमा अगाडि बढाउनका लागि कुस्ती सङ्घ लागिपर्ने उनको भनाइ थियो ।