आजको पञ्चाङ्ग एवम् राशिफल (४ चैत २०८० आइतबार, १७ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ चैत २०८० आइतबार, १७ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ वसन्त ऋतु उत्तरायण वि.सं. २०८० चैत ४ गते तदनुसार इस्वी सन् २०२४ मार्च १७ तारिख आइतबार फाल्गुन शुक्ल पक्षको अष्टमी तिथि मृगशिरा नक्षत्र आयुष्मान योग भद्रा करण आनन्दादिमा सौम्य योग चन्द्रमा वृष राशिमा ९ः१३ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौं सूर्योदय बिहान मा ६ः१३ मा भयो र सूर्यास्त साँझ १८ः१३ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, चिरोत्थान, होलिकारम्भ ।

आजको राशीफल

मेष – कामका बाधाहरू हट्नेछन् भने नसोचेको ठाउँबाट धन प्राप्त हुने समय छ । सुखदुःखमा साथ दिनेहरू ै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथीभाइले काममा सहयोग जुटाउने छन् । सफलताको लागि महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पराक्रम वृद्धि हुने तथा मान महत्व बढ्ने योग छ । भोजभतेरमा सहभागी हुने दिन छ ।

वृष – आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । विलासितामा धन खर्च हुने समय छ । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनले पनि धोका दिन सक्छ । स्वास्थ्य पनि त्यति सवल नरहला । प्रतिकुलताका बाबजुद यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ भने मिहीनेतले काम बन्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने तथा नयाँ काम सुरु गर्ने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । अर्थअभावले काम रोकिने सम्भावना छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्, सावधान रहनुहोला । रसरागको भाव वृद्धि हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट – दिगो आम्दानी हुने काम सुरु हुने समय छ, तर आशा देखाउनेहरूले फसाउन सक्छन्, ध्यान राख्नुपर्नेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ भने विशेष प्रयास नगरिकनै लाभ हुने काम प्रारम्भ हुने योग छ । साझेदारीमा पनि राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । आरोग्यता रहनेछ । कार्यबलका साथै ब्यस्तता बढ्नेछ । रसरागको भाव वृद्धि होला ।

सिंह – कामले धेरैलाई प्रभावित बनाउन सकिने समय छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ला । तर, सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले विशेष सचेतनाको खाँचो पर्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । समान्य स्वास्थ्यगत समस्याले सताउन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रा सफल रहनेछ । रसरागको भाव पैदा हुनेछ ।

कन्या – केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने योग छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । साझेदारीको काममा विशेष लाभ मिल्ने योग छ ।

तुला – ब्यस्तता एवम् दौडधुप बढ्नेछ । दिगो फाइदा हुने काम आरम्भ गर्ने समय भएपनि सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु हितकर हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । बोलीको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – नयाँ काम प्रारम्भ हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ भने सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । आयआर्जन पनि राम्रै हुने समय छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यप्रति भने विशेष ध्यान राख्नु हितकर होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । कल्याणकारी कार्यमा विशेष आकर्षण रहला ।

धनु – बुद्धि-विवेकको सही प्रयोग एवम् लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउला । हिम्मतले काम बनाउन सकिनेछ । पढाइलेखाइमा समय दिन नसकिएला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तर पनि धन आर्जन गर्ने मौका मिल्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आरोग्यता रहनेछ । पराक्रम बढ्नेछ, साझेदारीको काम बन्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्ति हुनेछ ।

मकर – आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना रहेकोले गोपनियतामा विशेष ध्यान राख्नु हितकर हुनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहनाले कार्यसम्पादनमा केही असर पर्न सक्छ । महत्वपूर्ण अवसर गुम्न सक्छ । छरछिमेकमा वादविवादको योग रहेकोले सजग रहनु उचित हुनेछ । प्रेमभाव बढ्ने र मिठो भोजन प्राप्त हुने समय छ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – बन्न लागेको काममा आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । तथापि, व्यापार–ब्यवसायमा राम्रै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आजको दिन बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता रहनेछ ।

मीन – सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । अध्ययन तथा अध्यापन कार्यमा प्रगति हुनेछ । विभिन्न सहयोग र उपहार मिल्ने योग छ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । सजिलैसँग काम बन्नाले उत्साह जाग्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।