आजको पञ्चाङ्ग एवम् राशिफल (३ चैत २०८० शनिबार, १६ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ चैत २०८० शनिबार, १६ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत्र ३ गते तद्अनुसार सन् २०२४ मार्च १६ तारिख शनिबार फाल्गुन शुक्ल सप्तमी तिथि रोजिणी नक्षत्र प्रीति योग गर करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१४ मा भयो र सूर्यास्त साँझ १८ः१२ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन खास अनुकुल नरहन सक्छ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ भने आमाको स्वास्थ्यस्थिति कमजोर अनुभूति भइ चिन्ता बढ्न सक्छ । धनमाल हराउने, वा ठगीमा परिने योग छ । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन्, सावधान रहनुहोला । यात्रागत कार्यमा सफलता मिल्ने देखिन्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – दिन मिश्रित फलदायी छ । ठूला ब्यक्तिहरूबाट मानसम्मान प्राप्त हुने, प्रतिभाको प्रशंसा हुने समय छ । तर, दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने योग छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आरोग्यता रहनेछ । प्रेमभाव बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आर्थिक समस्या समाधान हुने र शत्रुहरूलाई परास्त गर्न सकिने समय छ । ब्यापार–व्यवसायबाट पनि फाइदा नै हुने दिन रहेको छ । परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, सचेत रहनुहोला । तथापि, विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर पाइने योग छ । विगतका कमजोरी सच्याउने मौका मिल्ला । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – विभिन्न अवसरले पछ्याउनेछन् । कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । आजको दिन सवारी साधनको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आर्थिक अभावले सताउन सक्छ । नबन्ने डरले सताउन सक्छ, अधीरपनलाई नियन्त्रण गर्ने प्रयत्न गर्नुहोला । आरोग्यता वृद्धि होला । सार्वजनिक काममा आकर्षण बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनाले सुखानुभूति होला ।

सिंह – कर्मबल बढ्नेछ । स्वास्थ्यगत कमजोरी महसूस भएपनि प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने समय छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्ने योग रहेकोले विशेष संयमताको जरुरत पर्ला । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । रसरागमा भने आकर्षण बढ्नेछ । मिठो भोजन प्रप्त होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – लामो समयदेखि रोकिएका काम सम्पादन गर्न सकिने दिन छ । तर, खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ । कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्न सक्छन्, धैर्य राख्नु उचित हुनेछ । लापर्वाहीले अवसर गुम्न सक्ने सम्भावना छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तजनको साथ रहला ।

तुला – दौडधुप केही बढेपनि नयाँ काममा हात हाल्ने समय आएको छ । पराक्रम बढ्ने तथा प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछ । आजको दिन धनलाभ पनि हुन सक्छ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ भने कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – सामाजिक प्रतिष्ठा पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । शत्रु परास्त हुनेछन् भने साथीभाइहरुबाट पनि फाइदा उठाउन सकिने योग छ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । खर्च केही बढे पनि चिताएको काम बन्नेछ । परिवारिक सुख बढ्नेछ । आरोग्यता रहनेछ ।

धनु – आजको दिन भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सावधान रहनुहोला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ, तर विपरीतलिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन् । राजनीतिक पहुँच बढ्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ, तर विवेक लगाएर त्यसको उचित व्यवस्थापन गर्न सक्नुहुनेछ । रसरागको भाव जागृत हुने देखिन्छ ।

मकर – खराब व्यक्तिको संगतले मान-सम्मानमा चोट पुग्ने सम्भावना रहेकोले आजको दिन सजग भइ व्यवहार गर्नुहोला । विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्ने समय छ । सवल स्वास्थ्यका लागि खानपानमा पनि विशेष सजक रहनु हितकर होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुने समय छ । लुगा, भोजन र विशेष उपहार हातलागी हुने योग छ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ भने कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ ।

मीन – पराक्रम बढ्नेछ । यात्रागत कार्य सार्थक रहला । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । सुख विलासको माहोल रहला । मिठो भोजन प्राप्त हुनेछ ।