भुकम्पबाट क्षति भएको स्कुल निर्माणका लागि च्यारिटी कार्यक्रम गर्दै एनआरएन बेल्जियम

भुकम्पबाट क्षति भएको स्कुल निर्माणका लागि च्यारिटी कार्यक्रम गर्दै एनआरएन बेल्जियम


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति बेल्जियमको आयोजनामा आउँदो अप्रिल महिनाको ८ तारिकका दिन बेल्जियमको शहर लुभेनमा नयाँ वर्ष २०८१ को अवसर पारेर शुभकामना आदानप्रदानसँगै परोपकारी कर्मका निमित्त च्यारीटी साँझको आयोजना गरिएको छ।

संघका अध्यक्ष सीता सापकोटाका अनुसार नेपालमा आइपर्ने प्राकृतिक विपत्तिका साथै मातृभूमिलाई आवश्यक पर्दा गैरआवासीय नेपाली संघसँगैगै विदेशस्थित संघसँस्थाहरु एक बनेर सहयोग गर्दै आएकोमा गत वर्ष नेपालको जाजरकोटमा गएको विनासकारी भूकम्पको कारण जिर्ण बनेको स्कुलको सहयोगार्थ केही रकम पहिला नै संकलन भइसकेकोमा नेपाली नयाँ वर्षको अवसर पारेर अरु सहयोग जुटाउने हिसाबले च्यारिटी कार्यक्रम आयोजना गरिएको हो ।

नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै च्यारिटीबाट उठेको रकमलेगैरआवासीय नेपाली संघ बेल्जियमको तर्फबाट विद्यालय भवन पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्य राखेको छ।

उक्त कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न एनसीसी बेल्जियमले भ्वाइस अफ नेपाल सेसन ३ का विजेतासमेत रहेका गायक किरण गजमेरलाई आफ्नो प्रस्तुति दिने ब्यवस्था गराइएको छ भने बेल्जियमस्थित स्थानीय कलाकारहरुले समेत नेपाली नृत्यसंगै विविध प्रस्तुति दिने जनाइएको छ ।

एनआरएन बेल्जियमले उक्त कार्यक्रममा सहभागी भएर नेपाली नयाँ वर्षमा मनोरन्जन गर्नुका साथै परोपकारी शुभकार्यमा साथ दिन सम्पूर्ण बेल्जियम निवासी गैरआवासीय नेपालीहरु लाई आह्वान गरेको छ।