आजको पञ्चाङ्ग एवम् राशिफल (२ चैत २०८० शुक्रबार, १५ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ चैत २०८० शुक्रबार, १५ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री शाके १९४५ नेपाल सं. ११४४ वसन्त ऋतु उत्तरायण वि.सं. २०८० चैत २ गते तदनुसार इस्वी सन् २०२४ मार्च १५ तारिख शुक्रबार फाल्गुन शुक्ल पक्षको षष्ठी तिथि कृतिका नक्षत्र विषकुम्भ योग कौलव करण आनन्दादिमा छत्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान मा ६ः१५ मा भयो र सूर्यास्त साँझ १८ः१२ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ । अल्छीपनले सताउला । स्वासथ्य खासै सवल नरहला । पेटसम्बनधी समस्याबाट जोगिन आज खानपानमा विशेष ध्यान राख्नु हितकर हुनेछ । महत्वपूर्ण काममा ढिलासुस्ती हुन सक्ने योग छ । तथापि, परिवारको सहयोग मिल्नेछ भने मान-महत्व पनि बढ्ला ।

वृष – दिन शुभदायी नै छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरि सुरु हुन सक्छन् । बुद्घिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने समय छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । स्वास्थ्य सवल रहला । धनलाभको योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । आशा उत्साह थपिनेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – चिताएको काममा सफलता पाइने दिन छ । पुराना साथीसंगको भेटघाटले मन रमाउने छ भने धनलाभ होला । परिवारबाट सुखको अनुभुति पनि मिल्नेछ । रसरागमा आकर्षण रहला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मित्रजन एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

कर्कट – सामाजिक सम्मान मिल्ने र धन आर्जन हुने समय छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । आशा उत्साह बढ्नेछ । आरोग्यता रहनेछ । कार्यगति वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । व्यस्तताका साथै रसरागमा आकर्षण बढ्नेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।

सिंह – आजको दिन केही चुनौतीयुक्र रहला । आर्थिक पक्ष खासै राम्रो छैन, नसोचेको अनि निरर्थक क्षेत्रमा पैसा खर्च हुने योग छ, सावधान रहनुहोला । स्वास्थ्य पनि केही कमजोर रहला । भौतिक सरसामानको पनि क्षति हुने योग छ । आर्थिक अभाव देखापर्न सक्छ । तथापि, कर्मबल बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – भाग्यबल बढ्नेछ । बन्देैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने समय छ । आफन्तको सहयोग प्राप्त होला । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ । आरोग्यता रहला । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्ति र रसरागमा आकर्षण बढ्नेछ । सुख बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । आम्दानीका बाटाहरु ख्ुाल्नेछन् भने ब्यापार–ब्यवसायमा राम्रै आम्दानी हुने समय छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । दौडधुप बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्ला । बोलीको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – काम गर्न जाँगर आउनाले धनलाभ हुने समय छ । सन्तान पक्षबाट सुखको अनुभुति होला । नयाँ कामको योजना बनाउँदा लाभ मिल्ने समय छ । ब्यापार-ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । आरोग्यता र प्रेमभाव बढ्नेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । मनोकूलको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – आजको दिन अनावश्यक रुपमा मनमा डर लाग्न सक्छ । कसैसँग हल्का मनमुटाव र विवाद पनि हुन सक्छ । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । चोटपटकको भय पनि छ, सचेत रहनुहोला । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – सामाजिक कार्य तथा राजनीतिमा बर्चस्व बढाउन सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने एवम् धन–मान पाउने योग छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । तर जागिरमा भने खासै मन नजाला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – व्यस्तता बढ्नेछ । सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । रुपैयाँपैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । देखापरेको कुनैपनि समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद हुन सक्छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । आजको दिन आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने सम्भावना छ । पराक्रमका साथै रसरागमा आकर्षण बढ्नेछ ।