नेपाली कांग्रेस गण्डकी प्रदेशको आमन्त्रित सदस्यमा नवीनराज पौडल मनोनित 

नेपाली कांग्रेस गण्डकी प्रदेशको आमन्त्रित सदस्यमा नवीनराज पौडल मनोनित 


नेपाली कांग्रेसको गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले युरोपेली मुलुक डेनमार्कमा बसोबास र व्यवसाय गर्दै आएका नेपाली कांग्रेसको विदेसस्थित भातृसंगठन जनसम्पर्क समिति डेनमार्कका संस्थापक सभापतिसमेत रहेका नवीनराज पौडेल (डोलराज)लाई  प्रदेशको आमन्त्रित सदस्यमा मनोनयन गर्नुभएको छ । 

बदलिँदो परिस्थितिमा पनि नेपाली कांग्रेसको मुलभूत सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवादको पक्षमा उभिनुभएका कास्की कांग्रेसका पूर्वसभापति शुक्रराज शर्मा नेपाली कांग्रेसको प्रथम पुस्ताका निष्ठावान नेताको परिचय बनाएका नेता भनेर मुलुकले चिन्ने गर्दछ। उनै शर्मा अहिले गण्डकी प्रदेशको प्रथम सभापतिको रुपमा कार्यरत हुनुहुन्छ । बीपी कोइरालाले प्रतिस्पादान गरेको विचार र कृष्णप्रसाद भट्टराईले सिकाएर गएको निष्ठालाई वर्तमान नेतृत्व पुस्ताले भुलेको भन्दै नेपाली कांग्रेसलाई नेपाली कांग्रेस नै बनाउनुपर्छ भन्ने सवालमा कठोर तर्क राख्ने व्यक्तिमध्येमा सभापति शर्मा पर्नुहुन्छ । 

पार्टीको विश्वासलाई दह्रिलो बनाउँदै आधुनिक विश्वको परिपाटीलाई समयसाक्षेप तुल्याउने उद्देश्यले सभापति शर्माले विश्वको उत्कृष्ट शिक्षा र स्वास्थ्य प्रणाली रहेको युरोपेली मुलुक डेनमार्कनिवासी संस्थापक सभापति नवीनराज पौडेललाई आमन्त्रित सदस्यमा मनोनित गर्दा उहाँबाट आउने विचारले गण्डकी कांग्रेसलाई आफ्नो विरासत जोगाउँदै आधुनिक विश्वको सिकाइबाट गण्डकी कांग्रेसले केही सिक्नसमेत सक्ने बुझाइ रहेको धारणा राख्नुभयो ।

मुलुक संघीयतामा गएपश्चात नेपाली कांग्रेसले समेत पार्टीलाई संघीय अभ्यासमा लैजाँदै गर्दा विभिन्न प्रदेशमा आफ्ना प्रदेश कार्यालय र कार्यसमिति गठन गरेको हो।