कालीकोटमा स्की तालिम

कालीकोटमा स्की तालिम


नेपाल पर्यटन बोर्डको आयोजना र कर्णाली खेलकुद परिषद्को सहआयोजनामा कर्णाली प्रदेश कालीकोट जिल्लाको त्रिवेणी पाटन छेतडीमा आधारभूत स्की तालिम सुरु भएको छ । यस तालिममा २५ जना प्रशिक्षार्थी, नेपाल माउण्टेन एकेडेमीका तीन जना प्रशिक्षक, स्थानीय पर्यटन ब्यवसायीहरु सम्मिलित छन् । तालिम आगामी चैत्र ५ मा सम्पन्न हुनेछ ।

त्रिवेणी पाटन क्षेत्र स्कीका लागि प्रचूर सम्भावना भएको क्षेत्र हो । स्कीका लागि वर्षभरी कम्तिमा एक सय दिन हिउँ र ३० सेमी हिउँ पर्ने यो क्षेत्र साहसिक पर्यटनका अनि स्कीको सम्भावनालाई उजागर गर्न यस तालिमको आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रवन्धक विमल कँडेलले स्की साहसिक पर्यटनका लागि मात्र नभई नेपालको हिमाली भूभागमा विपद्का समयमा उद्धारका लागि पनि प्रयोग हुने भएकाले स्थानीयको सहभागितामा यस तालिम आयोजना गरिएको बताए ।