प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने

प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने


प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आइतबार पत्र पठाएको छ ।

प्रधानमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी पत्र प्राप्त भएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् । उक्त पत्रका सम्बन्धमा संसद्का महासचिव पदमप्रसाद पाण्डेयले सभामुख घिमिरेलाई जानकारी गराएका छन् ।

सभामुख घिमिरेले विश्वासको मत लिनेसम्बन्धी व्यवस्थाका लागि फागुन २९ गते कार्यव्यवस्था परामर्श बैठक बोलाएको बताइएको छ । उक्त बैठकले सो सम्बन्धमा कार्यसूची तय गर्नेछ ।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिन लागेका हुन् । नयाँ सत्ता गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी आबद्ध छन् ।

यो पनि हेर्नुहोस्-

छापामार शैलीमा विश्वासको मत लिने मिति तय ! « Nepali Digital Newspaper (ghatanarabichar.com)