परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ

परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ


प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता प्रचण्डले परिवर्तित राजनीतिक परिस्थितिबारे संसदीय दललाई जानकारी गराएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्रीले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पारेको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराएका थिए ।

त्यसैगरी राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा सहभागी सदस्यले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उम्मेदवारका विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने र विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छलफल गरेर निर्णय लिइने जानकारी गराएका थिए ।

photo: rss