अन्तर्राष्ट्रिय पिकलबल च्याम्पियनसिप फागुन २५ र २६ गते

अन्तर्राष्ट्रिय पिकलबल च्याम्पियनसिप फागुन २५ र २६ गते


नेपाल खुला अन्तर्राष्ट्रिय पिकलबल च्याम्पियनसिप शुक्रबार (२५ फागुन)देखि हुने भएको छ । पिकलबल सङ्घ नेपालको आयोजनामा फागुन २५ र २६ गते आयोजना हुने उक्त प्रतियोगितमा आठ देशका एक सय २० खेलाडी सहभागी हुने भएका छन् ।

पिकलबल सङ्घ नेपालका अध्यक्ष सौरभ भण्डारीका अनुसार उक्त प्रतियोगितामा नेपालसहित भारत, बेलायत, अमेरिका, सिङ्गापुर, थाइल्याण्ड, स्पेन र पोर्चुगलका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा फागुन २५ गते पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्स तथा फागुन २६ गते पुरुष एकल र महिला एकलतर्फका खेल हुनेछन् । प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइने छन् ।