माओवादी केन्द्र र रास्वपाले मन्त्रीको नाम टुंगो लगाए

माओवादी केन्द्र र रास्वपाले मन्त्रीको नाम टुंगो लगाए


श्रेष्ठ परराष्ट्र, महासेठ भौतिक पूर्वाधार र लामिछाने गृहमन्त्री

नयाँ सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच मन्त्रीको भागबण्डामा भएको किचलो समाधानोन्मुख देखिएको छ । नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीको नाम टुंगो लगाएका छन् ।

माओकेन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्रीको जिम्मेवारीमा तोकेको छ । रास्वपाका सभापति रवि लामिछाने गृह, सुमना श्रेष्ठ शिक्षा, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र डोलप्रसाद अर्याल श्रममन्त्रीको जिम्मेवारीमा रहने भएका छन् ।

यस्तै, नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको एमाले उच्च स्रोतले जनाएको छ । यसअघि एमालेबाट पदम गिरी, रास्वपाबाट अर्याल र माओवादीबाट हितबहादुर तामाङ विनाविभागीय मन्त्री नियुक्त भइसकेका थिए ।