पशुपतिमा शिव-पार्वती रथयात्राको तयारी

पशुपतिमा शिव-पार्वती रथयात्राको तयारी


पशुपतिनाथ मन्दिर परिसरमा दुई दिनपछि १४औं शिव-पार्वती रथयात्रा हुने भएको छ । मानव कल्याण अध्यात्मिक प्रतिष्ठान र कलममसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर विकास समाजको संयुक्त आयोजनामा हुने शिव पार्वती रथयात्रामा हजारौंको संख्यामा भक्तजन सहभागी हुने भएका छन् । सो अवसरमा प्रतिष्ठानद्धारा आयोजित विशाल शिव-पार्वती रथ यात्रा तथा चाँगुनारायण नगरपालिकामा अवस्थित १०८ फिट अग्लो कल्पेश्वर महादेव स्थापना स्थलमा समापन समारोह हुने भएको हो ।

यात्रामा महामृत्यंजय होम, चिरशान्ति होम, पितृमोक्ष होम, कल्पेश्वर कार्यसिद्धि होम हुने म।नब कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुले बताए । सहभागी हुन चाहने भक्तजनका लागि यही फागुन २३ गते ललितपुरको बालकुमारी मन्दिरबाट बिहान ८ बजेदेखि बसको सुविधा गरिएको छ ।

प्रतिस्थानले भक्तपुरको कलममसीमा १ सय ८ रोपनी क्षेत्रफलमा कल्पेश्वर महादेवको १०८ फिट अग्लो मुर्ति बनाइरहेको छ । सो क्षेत्रमा प्रतिष्ठानले बुद्ध, मायावती, बुद्धका ७ पाइला र १ सय ८ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मुर्तिसमेत राखिन लागेको जनाएको छ । खासगरी हिन्दु धर्मावलम्बीहरुलाई धार्मिक प्रेरणा जगाउन र सो क्षेत्रमा धार्मिक पर्यटन प्रर्बद्धनसमेत गर्न मुर्ति बनाउन लागिएको प्रतिष्ठानले जनाएको छ । मुर्ति निर्माण कार्य तीव्र रहेको र सोको उदुघाटन आगामी दुई वर्षभित्रै गरिने गुरुले जानकारी दिए ।