गजल

गजल


✍ रामचन्द्र ढकाल

नबोली नबोली, कुरा गर्छ कोही
नडुली नडुली, पुगीदिन्छ कोही ॥

म भन्छु कुटीमा, मिठा बात गर्नु
नसुनी नसुनी, बुझिदिन्छ कोही ॥

म बाटो उनैको, पछि लाग्न खोज्छु
नजाँदै नजाँदै, पुगीदिन्छ कोही ॥

यहाँ बाँड्छ कस्ले, खुशी ज्ञान मन्त्र
नढाँटी नढाँडी, झुटो बोल्छ कोही ॥

तिमी हौ कि गंगा, नसुक्ने पँधेरी
नजानी नजानी, भरीदिन्छ कोही ॥

  • कोमल, काठमाडौं